बागमती प्रदेशको बर्खे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ।
मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार राती १२ बजेदेखि बर्खे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १२औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नेछन्।
त्यस्तै उक्त अधिवेशनमा अर्थ सम्बन्धी २ वटा विद्येयकसहित ४ वटा विधेयकहरू पारित गरिएको छ। बैठकहरूमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो।
उक्त अधिवेशनको बैठकमा ७ वटा विधेयकहरू दर्ता भएका थिए। जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन्।
Shares
प्रतिक्रिया