ad ad

बागमती


थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प

थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प

नेपालखबर
असोज २२, २०८० सोमबार १५:५८, हेटाैँडा

संघीय निजामती विधेयकको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा पनि सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ।

देशभरका स्थानीय तहका कर्मचारीहरु १८ असोजबाट आन्दोलनमा छन्। पेनडाउनसहित विरोधमा उत्रिएका उनीहरु १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलन गरिरहेका छन्।

थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले आज विहान नगर प्रमुख विष्णुबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन्। स्थानीय तह संघर्ष समिति थाहानगरका संयोजक अनिल लामिछानेको नेतृत्वको कर्मचारीहरूको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले कर्मचारीलाई आन्दोलन गर्न बाध्य नबनाई जायज माग पूरा गर्न संघीय सरकारले अनुरोध गरे। ‘म आफै‌ं नगरपालिका संघको सदस्य हुँ, संघले कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाइ सकेको छ’– प्रमुख विष्टले भने।

‘थाहानगरका अधिकांश कर्मचारी आन्दोलनमा सहभागी हुन काठमाडौ‌ गएका छन्। पालिकाको अत्यावश्यक सेवा प्रवाहका लागि कार्यालयमा बसेका केही कर्मचारीहरु पनि हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्,’ संघर्ष समिति संयोजक लामिछानेले भने।

कर्मचारीहरुले नगरपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए। स्थानीय तहमा कार्यरत कर्मचारीहरुको विषयलाई मन्त्रिपरिषदबाट पारित निजामती विधेकमा नसमेटिएको बताउँदै कर्मचारीहरु सिंहदरबार केन्द्रित आन्दोलन गर्दै आएका छन्।

उनीहरु ८ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर आन्दोलन गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .