ad ad

बागमती


हेटौंडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु

हेटौंडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु

नेपालखबर
भदौ ९, २०८० शनिबार २०:१०, हेटाैंडा

हेटौंडामा राप्तीखोलाले बगाउँदा एकजनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीको मृत्यु भएको हो।

सिमल्टार स्थित राप्तीखोलाले बगाउँदा भारतीको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एंव डिएसपी टेक बहादुर कार्कीले बताए।

खोलामा मान्छे जस्तो वस्तु तैरिरहेको अवस्थामा स्थानीयले देखपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शवलाई बाहिर निकालिएको प्रवक्ता कार्कीले बताए।

मृतक भारतीको शव लाई पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .