बागमती


बिनाविभागीय मन्त्री चित्रकारले पाउने भए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय

बिनाविभागीय मन्त्री चित्रकारले पाउने भए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय

नेपालखबर
साउन २१, २०८० आइतबार १६:३२, हेटाैँडा

बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिइने सहमति भएको छ।

काठमाडौंमा भएको केन्द्रीय नेताहरूको छलफलमा मन्त्री चित्रकारलाई मन्त्रालय थप गरेर विभागीय जिम्मेवारी दिने निर्णय भएको हो।

गत जेठ ७ गते मन्त्री पदमा नियुक्त भएका उनले लामो समयसम्म पनि विभागीय जिम्मेवारी पाउन सकेका थिएनन्। चित्रकारलाई कुन मन्त्रालय दिने भन्ने विषयमा विवाद थियो।

तर, कांग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइने टुंगो लागेको मन्त्री चित्रकारले नेपालखबरलाई जानकारी दिए।

लामो समयदेखि कांग्रेसले माओवादीको भागमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालयमा दाबी गरिरहेको थियो।

तर माओवादीले भौतिक फुटाउन परे कांग्रेसको भागमा रहेको अर्थ मन्त्रालय माओवादीले लिने भन्ने चेतावनी दिएपछि कांग्रेस ब्याक भएर अन्य मन्त्रालय फुटाउन तयार भएको बताइएको छ।

यता, प्रदेशका आन्तरिक तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ भने मन्त्रालयको विषयमा अनौपचारिक छलफल भएको भएता पनि औपचारिक निर्णय हुन बाँकी रहेको बताउँछन्।

‘छलफल त अन्य मन्त्रालयहरुको बारेमा पनि भएको थियो। तर यही कुराको पनि क्याबिनेटबाट औपचारिक निर्णय भएको छैन,’ उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .