ad ad

बागमती


एमाले र राप्रपाको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

एमाले र राप्रपाको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

नेपालखबर
असार १२, २०८० मंगलबार १७:३५, हेटाैंडा

बागमती प्रदेश सभा बैठक अवरोध भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफलमा अवरोध गरेको हो। 

मंगलबार प्रदेशसभाको दोस्रो अधिवेशनको १८औं बैठकमा बिशेष समय माग्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाई राखेपछि बैठक नै अवरुद्ध भएको हो। 

४ः०५ बजे सुरु भएको प्रदेश सभा बैठकमा सभामुख भुवन पाठकले बजेटमाथि छलफल गर्न स्वागत मन्तव्य सहित आफ्नो भनाइ राख्न प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई अनुरोध गरे।

सभामुख घिमिरेले आफ्नो बोली सक्न नपाउँदै प्रतिपक्षी दलका एमाले र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए।

सभामुखले पटक÷पटक बस्नका लागि आग्रह गरे। अर्थ मन्त्री लामाले बिरोधकै बीचमा रोष्टममा पुगेर आगामी आर्थिक बर्षको बजेट तथा राजश्वको बिषयमा छलफलका निम्ति प्रस्ताव पेश गरे।

उक्त समयमा पनि एमाले र राप्रपाका सांसदहरुले उठेर टेबल ठोकिरहे। 

यता, सत्ता पक्षका सांसदहरुले भने अर्थमन्त्रीले पेश गरेको प्रस्तावको पक्षमा टेबल ठोके। सभामुख पाठकले बस्नका लागि अनुरोध गरिरहे तर सांसदहरुले मानेनन्। बसेर बोल्दा हुँदैन? भनेर सभामुख घिमिरेले प्रतिपक्षी दललाई बस्न सुझाव दिए। त्यसपछि बोल्नका लागि सरकारका प्रमुख प्रतिपक्षी दलका संसदीय नेता जगन्नाथ थपलियालाई समय दिए। 

थपलियाले सरकारले गत असार १ गते ल्याएको बजेट सत्ता केन्द्रित भएको भन्दै बजेट संशोधन नगरे पास हुन नदिने धारणा राखे।

नीति कार्यक्रम एकातिर र बजेट अर्कातिर गरेर ल्याएको भन्दै नेता थपलियाले बजेट चित्तबुझ्दो नआएको बताए।

‘ठेक्काको अन्तिम चरणमा रहेको भीमफेदी कुलेखानी सुरुङमार्गको नाम परिवर्तन गरि हेटौंडा–चोभार सुरुङमार्ग राखिएको छ। तर बजेटमा कतै सम्बोधन छैन,’ उनले भने।  

झण्डै ३० मिनेट भन्दा लामो समय थपलियाले बोलेपछि सभामुख घिमिरेले आगामी आर्थिक बर्ष २०८०÷०८१ को राजश्व र दिएको अनुमानित बजेटमाथिको छलफल सुरु गर्न खोजे।

तर प्रतिपक्षी दलहरुले बैठक चल्न दिएनन्। एमाले र राप्रपाका सांसदहरुले टेबल ठोक्दै उठेर विरोध जनाएपछि बैठक ४५ मिनेटका लागि स्थगित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .