ad ad

बागमती


बागमती : बजेट निर्माणमा प्रतिपक्षीलाई नसमेटिएकोमा एमाले असन्तुष्ट

बागमती : बजेट निर्माणमा प्रतिपक्षीलाई नसमेटिएकोमा एमाले असन्तुष्ट

नेपालखबर
जेठ २९, २०८० सोमबार १३:१९, काठमाडौँ

बागमती सरकारले आफूहरुसँग सल्लाह नै नगरी बजेट ल्याउन लागेको भन्दै विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन्।

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले बागमती प्रदेशको बजेट निर्माणमा प्रतिपक्षी दलहरुसँग सहकार्य नगरेको बताए।

आफूहरुले पेश गरेका योजनालाई वेवास्ता गर्दै सत्तापक्षले एकलौटी बजेटको तयारी गर्न थालेको उनको गुनासो छ।

‘१३ वटै जिल्लामा सन्तुलित बजेट परोस् भन्ने हाम्रो माग हो। तर सत्तापक्षहरु मात्रै छलफल गरेर एकलौटी ढंगको बजेट ल्याइँदैछ भन्ने जानकारीमा आएको छ,’ प्रमुख सचेतक मधुसूदन पौडेलले नेपालखबरसँग भने।

उनका अनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई पटक/पटक औपचारिक छलफलका लागि समय मागिएता पनि प्रायः अनौपचारिक मात्रै छलफल भएको छ। जेनतेन एकपटक प्रतिपक्षीसँग छलफल गरेर सरकारले औपचारिकता पूरा गरेको पौडेलले आरोप लगाएका छन्।

यता, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ भने सरकारले सन्तुलित बजेट ल्याउने दाबी गर्छन्।

‘जिल्लाको माग, योजनाहरु हेरेर बजेट छुट्याउने हो’ उनले भने, ‘सत्तामा रहेका दलको क्षेत्रमा बढी र प्रतिपक्षीको निर्वाचन क्षेत्रमा कम भन्ने हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .