ad ad

बागमती


चितवन २ मा ३ बजेसम्ममा ५३ प्रतिशत मत खस्यो

चितवन २ मा ३ बजेसम्ममा ५३ प्रतिशत मत खस्यो

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:०, हेटाैँडा

चितवन २ मा उपनिर्वाचन अन्तर्गत जारी मतदानमा ५३ प्रतिशत मत खसेको छ।

दिउँसो ३ बजेसम्मको अवधिमा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।

यस क्षेत्रमा ४३ मतदान स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ। 

चितवन २ को दुईवटा मतदान केन्द्रमा मतदान प्रक्रिया नै स्थगित हुन पुगेको थियो।

दलहरुको सहमतिपछि मतदान रोकिएको भरतपुर ११ मा रहेको नयाँ किरण कमलकुसुम मावि केन्द्रमा झण्डै २ घण्टापछि र भरतपुर ७ मा रहेको कृष्णपुर माविमा आधा घण्टापछि पुनः मतदान सुरु भएको पनि सहायक निर्वाचन अधिकृत आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .