ad ad

बागमती


बागमतीमा ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू गर्न परीक्षण

बागमतीमा ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू गर्न परीक्षण

नेपालखबर
फागुन १, २०७९ सोमबार १५:२१, हेटाैँडा

बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुने अघिल्लो दिन अर्थात् आज फागुन १ मा सोही विषयको परीक्षण प्रदर्शन भएको छ।

यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरमा भएको परीक्षणमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगाएतले परीक्षणको स्थलगत अवलोकन गरेका छन्।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि मन्त्री श्रेष्ठको पहलमा ७० प्रतिशत अंक आउँदा पनि सवारी चालक अनुमति पत्रको सुरुवात हुने भएको हो।

७० प्रतिशतको व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झण्झटलाई न्यूनीकरण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। बागमती प्रदेशमा भोलि फागुन २ बाट उक्त व्यवस्था लागू हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .