बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन्।
बिहीबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नेपाल सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का स्थायी बासिन्दा हुन्।
नयाँ सरकार गठन हुनुअघि यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका थिए।
18
Shares
प्रतिक्रिया