ad ad

बागमती


बागमती प्रदेशका बिना विभागीय मन्त्रीलाई न क्वाटर, न मन्त्रालय!

भन्छन्– अहिले बधाई लिँदै व्यस्त छु, केहीदिनमा थाहा होला
बागमती प्रदेशका बिना विभागीय मन्त्रीलाई न क्वाटर, न मन्त्रालय!

फाइल।


सुनिता विष्ट
माघ ७, २०७९ शनिबार १५:३६, हेटाैंडा

विना विभागीय मन्त्री थापालाई न मन्त्रालयको जिम्मेवारी, न आवजको व्यवस्था

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल आफूसहित ३ मन्त्रीले एकैपटक शपथग्रहण गरे। जसमध्ये एमाललेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ लिए भने राप्रपाका उद्धव थापाले बिना विभागीय मन्त्री बन्दै पद तथा गोपनियताको सपथ ग्रहण गरे।

मन्त्रीको सपथ खाएको आज ११ दिन पुग्यो। अधिकार प्राप्त भए ११ दिनमा थुप्रै कामहरु गर्ने योजना तयार गर्न सकिन्छ।

तर, मन्त्रालयको जिम्मेवारी नतोकिदा बिना विभागीय मन्त्री थापाको आजभोलिको दिनचर्या बधाई खाँदैमा बितिरहेको छ। राप्रपा बागमती संसदीय दलका नेता समेत रहेका थापा प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्न चाहेको स्रोतको दाबी छ।

उनले मागेको मन्त्रालय राप्रपाको भागमा पर्ला कि नपर्ला भन्ने केन्द्रको निर्णय कुरिरहेका मुख्यमन्त्री जम्मकट्टेलले थापालाई यो मन्त्रालय भनेर तोक्न नसकेको नेताहरु बताउँछन्।

जसकारण मन्त्री पाए पनि मन्त्रालयको जिम्मेवारबाट वञ्चित हुँदा थापाको कामको जिम्मेवारीदेखि आवाससम्म निश्चित भएको छैन। प्रदेश सभाको काम गर्दा थापा होटलमा बस्ने गरेका छन्। मन्त्री क्वाटरको टुंगो नलागेपछि उनी काम पर्दा मात्रै प्रदेशको राजधानी हेटौंडा आउने गरेको बताउँछन्।

मन्त्रालयको जिम्मेवारी नतोकिए पनि आफूलाई कुनै समस्या नभएको बताए। ‘भर्खर जीवनमा पहिलो पटक मन्त्री बनेको छु। आजभोलि साथिभाई आफन्तको बधाई थाप्नमा व्यस्त छु। कुन मन्त्री भन्ने प्रश्न धेरै खेप्न परेको छ,’ थापाले भने, ‘हाँसेर सबैलाई एउटै उत्तर दिने गरेको छु, अबको केही दिनमा थाहा हुन्छ हतार नगरौं।’

थापा काठमाडौं क्षेत्र नम्बर ८ (२) बाट राप्रपा तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।

बागमतीको मुख्यमन्त्रीमा दावी गरिरहेका थापाले मुख्यमन्त्री नपाएपछि भौतिक मन्त्रालयको दावी गरिरहेको स्रोतले बताएको छ।

यता, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल अबको केही दिनमा बिना विभागीय मन्त्रीको मात्रै नभएर सबै मन्त्रालयको मन्त्रीहरु समेत विस्तार गरिने बताउँछन्। ‘अबको केहि दिनमा १४ बाट मन्त्रालय ११ कायम गरेर सबै मन्त्रालयले मन्त्री पाउँछ। हामी त्यसको गृहकार्यमा केन्द्र सरकारसँगको छलफलमा छौं। १० गतेपछि बागमती सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री जम्मकट्टेलको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .