मधेस


झा दम्पती हत्याकाण्डको २ वर्षपछि थप एकजना पक्राउ

झा दम्पती हत्याकाण्डको २ वर्षपछि थप एकजना पक्राउ

फाइल।


नेपालखबर
माघ ७, २०७९ शनिबार १६:१०, जनकपुरधाम

महोत्तरीमा झा दम्पतीको हत्याकाण्डमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ भएका छन्।

घटनाको २ वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ का ७२ वर्षीय तेज नारायण झा नेपाल भारत सिमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

झा घटना पश्चात फरार भएर भारतको गोवाहाटीमा पुजारीको काम गर्दै आएका झा बेला बेलामा काकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

सिआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए। 

पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं। ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनको श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए।

बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जानेबाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो।

मुसाफिर झाका छोरा मनिष झाले कैलास झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतले अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी  दिएका थिए।

यसअघि प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा रहेका छन् भने चारजना धरौटीमा रेहा भैसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .