बागमती


बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम

सुनिता विष्ट
पुस १७, २०७९ आइतबार १५:४९, मकवानपुर

देशको अर्थतन्त्रको असहज परिस्थितिले गर्दा देशभरका विभिन्न क्षेत्रका व्यवसायीहरु मर्कामा परेको भन्दै मकवानपुरका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।

आइतबार मकवानपुर उद्योग वाणिज्य संघको हलमा व्यवसायीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै व्यवसायीका मागहरु र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो। 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले व्यवसायीहरुको बैंकका चर्को ब्याजदर र बैंकले दिएको दबावको विरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

अध्यक्ष अग्रवालले बैंकको ब्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने , अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९कार्यान्वयन नगर्ने , पूजीँगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्नै मागहरु रहेको बताए। 

आइतबार पत्रकार सम्मेलन पश्चात मागहरु उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत  अर्थमन्त्री तथा गर्भनरलाई ज्ञापन पत्र बुझाउने, सोमबार भोलि पाँचवटै संघमा आवद्ध व्यवसायीहरुले व्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने जस्ता कार्यक्रमहरु सार्वजानिक गरिएको छ।

उक्त विरोध कार्यक्रमलाई उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुरले ऐक्यवद्दता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .