ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश सभा : प्रदेश प्रमुखले नै गराए सबै सदस्यलाई शपथ

लुम्बिनी प्रदेश सभा : प्रदेश प्रमुखले नै गराए सबै सदस्यलाई शपथ

सुदीप भण्डारी
पुस १७, २०७९ आइतबार १५:५८, काठमाडौँ

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सांसदहरुलाई एकमुष्ठ शपथ ग्रहण गराएका हुन्।

अन्य प्रदेशहरुमा ज्येष्ठ सदस्यले प्रमुखबाट शपथ लिएर त्यसपछि शपथ गराए पनि प्रदेशसभा नियमावली नियम ४ बमोजिम लुम्बिनी प्रदेशमा प्रमुखले नै सबै सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्। 

प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीको नवनिर्मित अस्थायी प्रदेशसभा भवनमा सांसदहरूले शपथ लिएका थिए।

शपथग्रहण समारोहमा मुख्यमन्ती कुलप्रसाद केसी, एमाले महासचिव तथा पूर्वमुख्य मन्त्री शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, कांग्रेस नेता चन्द्र भणडारी, प्रदेश सभापति अमरसिंह पुन लगायत नेताहरु सहभागी थिए। 

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन्। यो पटक लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .