ad ad

बागमती


बागमती प्रदेश सभाका जेष्ठ सदस्य ढुङ्गानाले लिए शपथ

बागमती प्रदेश सभाका जेष्ठ सदस्य ढुङ्गानाले लिए शपथ

नेपालखबर
पुस १३, २०७९ बुधबार १५:५२, हेटौँडा

बागमती प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले ढुङ्गानालाई शपथ खुवाएका हुन्। 

नुवाकोट क्षेत्र नम्बर २ (१) बाट निर्वाचित ढुङ्गाना २००६ असोज २ गते जन्मिएका थिए। उनी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। 

बुधबार शपथ ग्रहण गरेका उनले बिहीबार प्रदेशका १३ जिल्लाबाट निर्वाचित भएर आएका १०९ प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .