बागमती


आजबाट अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगरपालिका

आजबाट अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगरपालिका

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १२:३६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरू गर्दैछ। मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड हटाउन  महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो। 

‘तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाउँदैछौँ।’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ। यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ।’

पार्टी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारी थप्दै भन्छन्, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ। प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ। मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ। अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ। व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ। यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइनेछ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरपालिकाले जनाएको छ। 

परिचय पाटी व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचनामा पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख थियो। 

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो। १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .