बागमती


भक्तपुरमा एकसाथ तीनवटा गाडी दुर्घटना, बालकको मृत्यु

भक्तपुरमा एकसाथ तीनवटा गाडी दुर्घटना, बालकको मृत्यु

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १३:३२, भक्तपुर

भक्तपुरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो सूर्यविनायक नगरपालिका ५ श्रृजनानगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८५ नम्बरको कार, साेही दिशातर्फ जाँदै गरेको बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र काठमाडौंतर्फ नै जाँदै गरेको बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठक्कर खाएका हुन्। 

दुर्घटनामा मोटरसाइकलमा सवार ६ वर्षका आर्जन शेर्पाको मृत्यु भएको छ। मोटरसाइकल चालक दोलखा विगु गाँउपालिका ६ खोपाचागु घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते भएका छन्। उनको उपचार मध्यपुर अस्पताल भक्तपुरमा भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। मृतक आर्जन उनका छोरा हुन्। 

दुर्घटनालगत्तै उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा त्यहाँबाट नर्भिक अस्पताल रिफर गरिएको थियो। 

आइतबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

बसका चालक दोलखा भिमेश्वर नगरपालिका ४ जिलुका २६ वर्षीय भरत चौलागाई र कार चालक भक्तपुर नगरपालिका २ इताछेकी २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .