ad ad

बागमती


धादिङमा एमाले  र राप्रपाबीच तालमेल

धादिङमा एमाले  र राप्रपाबीच तालमेल

नेपालखबर
असोज २६, २०७९ बुधबार १७:५७, धादिङ

धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ। 

राप्रपालाई एमालेले प्रदेशसभामा सघाउने र राप्रपाले एमालेलाई प्रतिनिधि सभामा सघाउने गरी तालमेल भएको हो। 

सोअनुसार आज उम्मेदवारी फिर्ता समेत भएको छ। प्रतिनिधि सभाका उम्मेदवार बनेका  एमालेका उम्मेदवार खेम लोहनी र भूमि त्रिपाठीलाई राप्रपाले सहयोग गर्ने भएको छ। 

सोअनुसार राप्रपाका उम्मेदवार क्षेत्र नं १का अजय प्रसाद रिमाल र २ बाट परशुराम तामाङ उम्मेदवारी फिर्ता लिएका छन्। 

राप्रपाका उम्मेदवारलाई सहयोग गर्न क्षेत्र नं २ खका एमालेका उम्मेदवार धनबहादुर घलेलाई समेत उम्मेदवारी फिर्ता गर्न लगाइएको हो। 

सो क्षेत्रमा राप्रपाका डम्बर तामाङ उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .