ad ad

बागमती


असोज १ देखि काठमाडौंमा सुर्ती खान नपाइने

असोज १ देखि काठमाडौंमा सुर्ती खान नपाइने

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ९:२१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ। 

महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान प्रतिबन्ध लगाउने भएको हो।  

सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन महानगरपालिकाले सबैसँग आग्रह पनि गरेको छ।

सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरपालिकाले जनाएको छ। 

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .