ad ad

ग्लोबल


रुसी कब्जाबाट छुटाएको भूमिमा पुगे जेलेन्स्की

रुसी कब्जाबाट छुटाएको भूमिमा पुगे जेलेन्स्की

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ९:२७, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जाबाट पुनः आफ्नो नियन्त्रणमा लिएको स्थानको भ्रमण गरेका छन्।

उनले इजियम सहरको भ्रमण गरेका हुन्। उनले उक्त सहरमा युक्रेनकी झण्डा फहराउने कार्यक्रममा पनि भाग लिएका थिए।

युक्रेनका अधिकारीहरुका अनुसार उनीहरु डोनाबासलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउनको लागि काम गरिरहेका छन्। 

पछिल्लो केही समययता युक्रेनको सेनाले यस्ता धेरै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

जेलेन्स्कीले खारकिभको करिब ८ हजार वर्ग किलोमिटरको भूमि पुनः आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

यद्यपि उनको दाबी स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .