भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमि नगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक जग्गा, सडक अतिक्रमण गरी बनाइएका संरचना यो सूचना प्रकाशन भएको ३५ दिनभित्र हटाइसक्न भनेको हो।
अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ।
सूचनामा अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको उल्लेख गरिएको छ।
हेर्नुहाेस् सूचना
93
Shares
प्रतिक्रिया