राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्र बनेका अनिधिकृत संरचना हटाउने अभियान थालेकामा प्रशंसा गरेका छन्।
मेयर शाहले बुधबार मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएका छन्। यो अभियान जारी रहने उनले बताएका छन्।
राप्रपा नेपालका अध्यक्ष थापाले उनको कामको तारिफ गरेका हुन्।
‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन शाहको प्रयास प्रशंसनीय छ’, अध्यक्ष थापाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौं।’
याे पनि : ...त्यसपछि बालेन डोजर लिएर निस्के
228
Shares
प्रतिक्रिया