ad ad

बागमती


नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

रासस
साउन १७, २०७९ मंगलबार १०:३, नवलपुर

नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ।

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

'पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ', उनले भने, 'नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला।' 

आइतबार रातिदेखि निरन्तर रूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो।

सो नदीमा अहिले बिहान  पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ।

देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .