ad ad

बागमती


रुपन्देहीको राजस्व असुलीमा कमी

रुपन्देहीको राजस्व असुलीमा कमी

रासस
असार २४, २०७९ शुक्रबार ९:३९, भैरहवा

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ।

कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरे बापतको राजस्व घट्दो क्रममा छ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो। गत वैशाखको तुलनामा जेठमा २२ हजार रुपैयाँ राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ।

जेठमा कार्यालयले ५३ लाख २५ हजार  रुपैयाँ  राजस्व सङ्कलन गरेको थियो। गत वैशाखमा ५३ लाख ४८ हजार  रुपैयाँ राजस्व संकलन भएको थियाे । 

सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ।

गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयले जेठमा पाँच हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन्। चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र दुई हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .