नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले हुन्डाई हाइवे एसुरेन्स क्याम्प सञ्चालन गर्ने भएको छ। कम्पनीले यही १६ देखि १९ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म क्याम्प सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ। नेपालीहरुको महान चाड बडादशैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्किदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ।
यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकडभित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक) र बिरगंन्ज (पतलैया चोक) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ।

प्रतिक्रिया