‘यूएन स्पेशल इन्भोइ फर रोड सेफ्टि तथा मोटरस्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फ्रेडरेशन इन्टरनेशनल डिल अटोमोबाइलका अध्यक्ष मि. जिन टोड दुई दिने भ्रमणका लागि आज काठमाडौँ आईपुगेका छन्।
यूएनले सन् २०२० लाई सडक सुरक्षा दशकको रुपमा विश्वव्यापी अभियान चलिरहेको सन्दर्भमा उनको भ्रमण निकै महत्वपूर्ण मानिएको छ। विश्व बैंक, यूएन नेपाल अफिस र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निमन्त्रणामा भएको भ्रमणमा उनीसँगै वल्र्ड बैंकका उपाध्यक्ष मि. हार्टिङ सेफर पनि नेपाल आईपुगेका छन्।
आज अन्तर्राष्ट्रिय विमानस्थलमा यूएन आवासीय प्रतिनिधि मि. भेलेरि जुलियन्ड विश्व बैंक नेपाल कार्यालयका म्यानेजर मि. फारिस एच. हडाड जेभोस, नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र महासचिव आशिष गजुरेल तथा माउण्टेन स्पोर्टस फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई लगायतले स्वागत गरेका थिए।
उनको भ्रमणकै सन्दर्भमा थुप्रै कार्यक्रमहरु भईरहेका छन् भने नासा नेपालले ‘हाई लेभल इन्टरनेशनल प्रोग्राम अन रोड सेफ्टि एण्ड मोबिलिटी’ सम्बन्धि कार्यक्रम गर्दैछ।
त्यस्तै, ‘नेशनल रोड सेफ्टि अवार्ड २०७५’ वितरण तथा नेपालको सडक सुरक्षा दशक सम्बन्धि प्रतिबेदन सार्वजनिक गर्दैछ।
Shares

प्रतिक्रिया