सामाजिक संजालमा रणवीर निकै सक्रिय छन्। उनी आफ्ना रमाइला तस्बिर र भिडियो समय समयमा सेयर गरिरहन्छन्।
हालै रणवीरले आफ्नो बाल्यकालको एउटा निकै नै राम्रो तस्बिर सेयर गरेका छन्।
उनी ड्राकुला दाँतमा देखिएका छन्। उनले कसैलाई डर देखाउन उक्त फोटो खिचेको अनुमान लगाउन सकिन्छ।
यो फोटो हेर्दा पनि रणवीर बाल्यकालमै कति चकचके थिए भनेर अनुमान लगाउन सकिन्छ।
रणवीर आफ्नो चलचित्रको प्रचार गर्न जाँदा पनि चकचके व्यवहार गर्दछन्। तर यही व्यवहार दर्शकले रुचाउँछन्।
रणवीर बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोणको श्रीमान हुन्। उनले गली ब्वाइ, बाजिरायो मस्तानी, पद्मावतजस्ता चर्चित चलचित्रमा भूमिका निर्वाह गरिसकेका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया