अटो


लहानमा टीभीएसकाे ह्विली बिट्स कार्यक्रम सम्पन्न

लहानमा टीभीएसकाे ह्विली बिट्स कार्यक्रम सम्पन्न

नेपालखबर
असोज ६, २०७६ सोमबार १२:२८,

 नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरी टीभीएस दशैँको दौड स्किमका कार्यक्रमलाइ जारी राखेकाे छ।

साेही अनुसार टीभीएसले साेमबार लहान चोकमा टीभीएस ह्विली बिट्स कार्यक्रम तथा दुइवटा आरटीआर १६० २भी र रेडन ११० लन्च समेत गरेकाे छ। कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप क्षेत्री, प्रकाश अधिकारी भीम होना साथै गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए भने चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेकाे थियाे।

tvs lahan 4

कार्यक्रममा प्रमुख संघीय समाजवादी खेलकुद महासंघ प्रदेश न २ का अध्यक्ष तथा कराते प्रशिक्षक राजेश गुप्ता लहान टीभीएस शोरुम राज अटोका संचालक राज गुप्ता लगायतकाे उपस्थिति रहेकाे थियाे। झन्डै २ हजार जनाको सहभागिता रहेकाे कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिएका थिए।

टीभीएस दशैँ अफर

tvs lahan 3
यसैबीच, टीभीएसले दशैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै दशैँको दौड योजना नेपाल भर ल्याएको छ। कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँसम्म जित्न सकिने छ।

tvs lahan 2

त्यसैगरी किन्न गइसकेपछि किन्नेबित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ। दुवै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad