बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ।
जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’बीच ठेक्का सम्झौता भएको हो। ४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।
हालसम्म आयोजनाले सुरुङमार्ग बनाउने स्थानको जग्गा अधिग्रहण, जग्गाको मुआव्जा वितरण लगायतका कामहरु गरिरहेको थियो। तर सोमबार उक्त सम्झौता भएपस्चात कम्पनीले नोभेम्बदेखि सुरुङमार्ग निर्माणको काम अगाडी बढाउने थापाले कार्यक्रममा बताए।
यो योजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा भए अनुसार सुरुङमार्ग थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैकको किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुने छ।

यसको लम्बाइ २ दशमलव ७ किमीको हुनेछ। सुरुङमार्गको क्यारिज वे ९ दशमलव ५ मिटरको हुनेछ। ३ दशमलव ५ र ३ दशमलव ५ मिटरका दुईवटा लेन हुने उल्लेख छ।
यसको कुल लागत २२ अर्वमध्ये सहुलियत ऋण सहयोग १६ अर्व हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्व व्यहोर्ने उल्लेख छ।

प्रतिक्रिया