अटो


जनकपुरमा टीभीएसको स्टन्ट शो र कन्सर्ट प्रोग्राम

जनकपुरमा टीभीएसको स्टन्ट शो र कन्सर्ट प्रोग्राम

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ७:३९,

टीभीएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज जनकपुरमा स्टन्ट शो र सांगीतिक कार्यक्रम गर्ने भएको छ।

दशैँ नजिकिँदै गर्दा सांस्कृतिक संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम राखिएको कम्पनीका मार्केटिङ मेनेजर नवराज कोइरालाले जानकारी दिए। कार्यक्रम आज दिउँसो २ बजेदेखि रामचोकमा सुरु हुनेछ।

उक्त कार्यक्रममा स्टन्ट राइडरहरुले प्रस्तुति दिनेछन् भने हास्य कलाकार दिनेश काफ्लेको पनि विशेष प्रस्तुति हुने उनले बताए। कार्यक्रममा स्थानीय र राष्ट्रिय गीतमा चर्चित डान्सरबाट डान्सहरु हुने उनले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार जनकपुरमा पहिलोचोटि स्टन्ट शो गर्नलागिएको हो।

janakpur tvs 2

त्यस्तै कार्यक्रममा कम्पनीले स्किमको बारेमा जानकारी दिनेछ भने बाइक किन्दा १ लाखसम्म क्यास पाउने मौका, किनेपछि १०० प्रतिशत क्यास ब्याकको अफरबारे पनि जानकारी दिने उनले बताए।

janakpur tvs 3

सहभागी हुन इच्छुक ग्राहकले कम्पनीको वेबसाइटबाट सहभागी हुनसक्ने र उनीहरुलाई अटोमेटिक मेसेज आउने उनले जानकारी दिए। त्यस्तै सोही कार्यक्रममा आरटीआर १६० २भी, रेडियन ११० सीसीको बाइक पनि लन्च गरिने कम्पनीको तयारी छ। कार्यक्रममा धनुषाका सीडीओ र जनकपुरका मेयर आउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .