कला


‘हाम्रो देश नेपाल हो, हामी नेपाली...’ स्वदेशगान सार्वजनिक

‘हाम्रो देश नेपाल हो, हामी नेपाली...’ स्वदेशगान सार्वजनिक

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ७:२५,

देशभक्ति भावले ओतप्रोत ‘हाम्रो देश नेपाल हो, हामी नेपाली...’ बोलको स्वदेशगान सार्वजनिक भएको छ।

अर्थ मन्त्रालयका कर्मचारी गोपाल पी खनालले लेखेका उक्त गीतको म्युजिक भिडियो सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरेका हुन्।

उक्त स्वदेशगानमा कमल किरणको स्वर छ।

गीत सार्वजनिक कार्यक्रमा बोल्दै गीतकार रत्नशमशेरले पछिल्लो समय कतिपय गीतले भन्न खोजेको अर्थ नै नबुझिने टिप्पणी गरे। खनालको स्वदेशगानको प्रशंसा गर्दै उनले शब्द, संगीत र स्वरको गतिलो संयोजन भए मात्रै गीत उत्कृष्ट बन्ने बताए।

प्रा.डा. गोविन्द पोखरेलले गीतले विभिन्न कारण विभाजित हुन लागेको समाजलाई यस्ता स्वदेशगानले एक हुन प्रेरणा मिल्ने धारणा राखे।

संगीतकार वसन्त सापकोटाले पछिल्लो समय गीतकार र संगीतकारलाई ओझेलमा पार्न खोजिएको भन्दै गुनासो गरे। उनले खनालको गीतले देशसँग आशावादी हुन सिकाउने प्रतिक्रिया दिए। सार्वजनिक स्वदेशगानमा सापकोटाले नै संगीत भरेका हुन्।

गीतकार खनालले गीत–संगीतमा रुचिका कारण आफूले कार्यालयको कामको व्यतस्ताबीच पनि समय छुट्टाएर गीत लेख्ने गरेको बताए। ख्नाल लामो समयदेखि गजल र मुक्तकमा लेखनमा सक्रिय छन्। खनालले भने, ‘यो गीत मैले भूकम्प गएलगत्तै लेखेको हुँ। नेपाललाई एकतामा बाँध्ने उद्देश्यले यो गीत लखेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .