पर्यटकीय नगरी चितवनको सौराहामा फोर्स मोटरले १४ जना अट्ने जिप सार्वजनिक गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले नयाँ गाडी चितवनमा सार्वजनिक गरेको हो। आगामी नेपाल भ्रमण वर्षलाई लक्षित गरी सफारी जिप सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
सौराहाको होटल रेन फरेस्टमा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे र हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले जिप स्टार्ट गरी लन्च गरेका थिए। कम्पनीले लन्चिङको एक सातालाई पाँच लाख छुटको समेत घोषणा गरेको छ। जिपको मूल्य ३५ लाख राखिएको छ।




प्रतिक्रिया