कारोबार


‘नेपाल एसएमई व्यापार मेला’ भोलिबाट

‘नेपाल एसएमई व्यापार मेला’ भोलिबाट

नेपालखबर
भदौ १८, २०७६ बुधबार १०:२५,

काठमाडौंमा ‘नेपाल एसएमई व्यापार मेला’ आयोजना हुने भएको छ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विहीबारबाट काठमाडौंको भृकृटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।

नेपालका उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बताए। ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ।

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिनेछ। मेलाको पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad