ad ad

अटो


हुन्डाई नेपालले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने

हुन्डाई नेपालले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १३:६,

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भिएकल ‘ईभी’ विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको जनाएको छ।

नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा ‘केओएनए र आईओएनआईक्यू’ नामक दुई मोडलहरू छन्। बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन्।

अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ।

‘विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरण बारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन्। इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो हुण्डाईले भनेको छ, ‘सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ।’

यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ। हाल ‘हुण्डाई कोना १०० केडब्लु ब्याट्री’को मूल्य रु ५६.९६ लाख, ‘कोना १५० केडब्लु ब्याट्री’को मूल्य रु ७१.९६ लाख र ‘आयोनिक१०० केडब्लु ब्याट्री’को मूल्य रु ५७.९६ लाख रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरुका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ। हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टहरूको स्थापना गरेको छ।

यी चार्जिङ पोइन्टहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .