ad ad

अटो


अटो शो सवारीसाधनसम्बन्धी सम्पूर्ण कुरा बुझ्ने अवसर: नाडा महासचिव रिजाल

अटो शो सवारीसाधनसम्बन्धी सम्पूर्ण कुरा बुझ्ने अवसर: नाडा महासचिव रिजाल

नेपालखबर
भदौ २, २०७६ सोमबार ६:५८,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुँदै छ। यो वर्षको नाडा अटो शोमा ६ दिन सम्म सञ्चालन हुने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्ब माथिको ब्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन्। 

यसपटकको नाडा अटो शोबारे के भन्छन् त नाडाका महासचिव सुनिल रिजाल? यस्तो छ उनको भनाइ जस्ताको त्यस्तैः

अटो शो व्यवसायको कुरा गर्दा पहिले धेरै अवसरहरु पनि थिएनन्। चुनौतीहरु पनि कम थिए। अहिले अवसर धेरै छन्। त्यस्तै प्रतिस्पर्धा र चुनौतीहरु पनि थपिएका छन्। त्यसकारणले गर्दा आफ्नो कम्पनीको उत्पादनहरु ब्राण्डिङ गर्नुपर्ने पनि हुन्छ। अटो व्यवसायीहरुको लागि यो अटो शो पनि त्यतिकै फलदायी बनिरहेको छ।

म आफू स्पेयर पार्टस व्यवसायी भएकोले पनि के भन्न चाहन्छु भने नेपालमा अटो उपभोक्ताहरुले आफ्नो साधनको बारेमा जानाकारी धेरै राख्दैनन्। त्यसकारणले गर्दा धेरै समस्याहरु खेप्न परिरहेको छ। नेपालीको बानी नै कुनै बस्तुको बारेमा जानाकारी नलिइ उपभोग गर्ने चलन छ। अटो अझ टेक्नीकल विषय हो। यसमा झन् जानकारी लिन आवशयक छ। नेपालमा गुणस्तरीय स्पेयर पार्टहरु पनि आइरहेका छन्। यस्तै गुणस्तरहीन सामानहरु पनि आइरहेका छन्। तिनीहरुको बारेमा बुझ्ने थलो पनि यो हो।

अर्को कुरा नाडा अटो शो भनेको वर्षभरि अटो क्षेत्रमा के परिवर्तन आयो भनेर जानकारी लिने स्थान पनि हो। यसमा मुल्यको बारेमा पनि जानकारी लिन सकिन्छ। साथै फाइनान्स कम्पनीहरु पनि सोहि स्थानमा हुन्छन्। कति पैसा हाले पछि मैले उक्त प्रोडक्ट पाउँछु भन्ने पनि हुन्छ।

मेरो भनाईको मतलब नाडा अटो शोमा एकै स्थानबाट सबै सेवा पाइन्छ। त्यसकारणले पनि यसले उपभोक्ताको हितमा काम गरेको छ। अटो शोको आर्कषण पनि दिन प्रतिदिन बढिनै रहेको छ। ६ महिना अघि गाडी किन्न खोज्नेले पनि अटो शोमा आउँदै छन्। त्यसमा नै किन्छु भन्ने गर्छन्। विशेष गरि कारहरु र मोटरबाइकले अटो शोमा पकड जमाइरहेका छन्।

वर्षभरिको कारोबारमा अटो शो को बुकिङदेखि कारोबारसम्मको राम्रो प्रभाव रहन्छ। यति हुँदा हुँदै पनि यसरकारले अटोलाई राम्रो नजरले हेरेन। सरकारले व्यवसायीहरुलाई नाफा मात्रै कमाउन खोज्ने गरेको आरोप लगाउँछ। करहरुको रेट एकदमै उच्च रहेको छ। यसलाई परिर्माजन गर्नु पर्छ। नाडाको निर्वाचन पनि यो वर्ष नै हुँदै छ। त्यसमा पनि म अघि बढ्ने योजना बनाएको छु। तर साथीभाई सबैको सल्लाह अनुसार अघि बढ्ने छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .