कारोबार


माछापुच्छ्रे बैंकका नौवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकका नौवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

नेपालखबर
भदौ २, २०७६ सोमबार ६:५१,

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान मा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहितबैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १ सय २१ पुगेको छ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु लगायत १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर १५३ वटा एटीएमहरु मार्फत ग्राहक माहानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .