अटो


यस्ता छन् स्याङयोङ नव वर्ष अफर

यस्ता छन् स्याङयोङ नव वर्ष अफर

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १६:२१,

नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ।

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन्।

स्याङयोङले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टि, ३ वर्ष निःशुल्क सर्भिसिङ, रु. ११ हजार बराबरको निःशुल्क एसेसरिज जस्ता अफर प्रदान गरेको छ।

यस स्याङयोङ नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि वैशाख ३१ गते सम्ममात्र हुनेछ।

स्याङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो। सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन्।

उनीहरुका अन्य मोडलहरु जस्तै एसयुभीएस, पिकअप ट्रकस र एमपीभीएस रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .