अटो


महामारीका बेला पनि ल्याम्बोर्गिनीले बेच्यो ७ हजार विलासी कार

महामारीका बेला पनि ल्याम्बोर्गिनीले बेच्यो ७ हजार विलासी कार

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:४१,

विलासी कार ब्रान्ड ल्याम्बोर्गिनीको मुनाफा कोरोना महामारीका बेला पनि ह्वात्तै बढेको छ ।

बीबीसीका अनुसार सन् २०२०मा कोरोनाले कम्पनीको इटालीको कारखाना दुई महिना बन्द भएको थियो । पछिल्लो नतिजादेखि आश्चर्यमा परेको कम्पनीका प्रमुख कार्यकारी स्टेफान विन्कलम्यानले बताए । अघिल्लो वर्षको तुलनामा बिक्रीमा भने केही कमी आएको छ ।

यसका बाबजुद कम्पनीले धेरै महंगा र ग्राहकको रुचिअनुसारका सुपरकार बिक्री गर्दा नाफा उच्च हुनपुगेको हो । चीनमा कम्पनीका कारको उच्च माग भएको थियो । यो वर्ष चीनले जर्मनीलाई पनि उछिन्ने देखिएको कम्पनीले बताएको छ ।

ल्याम्बोर्गिनीको नयाँ युरुस नामको स्पोट्र्स युटिलिटी भेहिकल (एसयूभी) अत्यधिक लोकप्रिय छ । यो कारले मात्रै गत वर्ष विश्ववभर भएको बिक्रीको ५९ प्रतिशत हिस्सा ओगटेको बतााइएको छ ।

चिनियाँ कार किन्ने ग्राहकले अत्यन्त विलासी एसयूभीमा रोल्स रोयस, बेन्ट्ले र ल्याम्बोर्गिनीलाई रोजेका छन् । युरुसमा देखिएको आकर्षणकै कारण कम्पनी पुनः यही गाडीमा लगानी गर्नेबारे सोचिरहेको विन्कलम्यानले बताए ।

फक्सवागनकै स्वामित्व रहेको यो कम्पनीले सन् २०२० मा सात हजार चार सय ३० वटा कारहरु विश्वभर बिक्री गरेको थियो । सन् २०१९ मा कम्पनीले आठ हजार दुई सय ५० वटा कारहरु बिक्री गरेको थियो । तर कम्पनीले सीमित विशेष श्रेणीका कारहरु बिक्री गर्दा आय राम्रै बढोत्तरी भएको हो ।

विन्कलम्यानका अनुसार सन् २०२१ को सुरुवाती नौ महिनाको माग समेत कम्पनीले लिइसकेको छ । त्यसकारण पनि कम्पनीले यो वर्ष राम्रै आम्दानी गर्नेछ । यो वर्ष कम्पनीले सर्वाधिक बिक्री हुने देशमा दोस्रो स्थानको जर्मनीलाई चीनले उछिन्नसक्ने बताएको छ । कम्पनीले गत वर्ष चीनमा मात्रै दुई हजार दुई सय २४ वटा कार बिक्री गरेको बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad