ad ad

अटो


नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो नम्बर १ : पायो सर्टिफिकेट अफ एप्रिसिएसन

नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो नम्बर १ : पायो सर्टिफिकेट अफ एप्रिसिएसन

नेपालखबर
चैत ४, २०७७ बुधबार १०:४१,

हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ।

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको थियो। सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भए वापत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो।

नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्ष यता हुन्डाई मार्केट लिडर रहदै आएको बताइएको छ।

हुन्डाई इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारदाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले ग्राहक र डिलर पार्टनरको मेहनत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धि भएको बताए।

महामारीका वावजुद हुन्डाई एस्काभेटर नेपालमा नम्बर १ रहन सफल भएको र यसले एस्काभेटर सेगमेन्टको बढ्दो बजारलाई देखाएको छ। नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ।

निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाईका मेसिन प्रयोग भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .