नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेतासँग आन्तरिक छलफल गरेका हुन्।
‘अहिले महासचिव विप्लवसहित सचिवालयका नेताहरु छलफलमा जुट्नुभएको छ’, विप्लव निकट एक नेताले नेपालखबरलाई भने, ‘सभामा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहनु भएको छ।’
बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि महासचिव विप्लव शुक्रबार बिहान नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन्। त्यस्तै नेता बाँस्तोला पनि आजै काभ्रे प्रहरी हिरासतबाट रिहा भएर काठमाडौँ आइपुगेका हुन् भने प्रकाण्ड विप्लव नेकपाको वार्ता टोलीका संयोजक हुन्।
अहिले केहीबेरमै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रिय सभागृहमा सहमति पत्रमा हस्ताक्षर गर्ने र त्यसपछि सभालार्य सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया