अटो


हुण्डाई एक्सचेन्ज सुरु, के-के छन् सुविधा?

हुण्डाई एक्सचेन्ज सुरु, के-के छन् सुविधा?

नेपालखबर
माघ २६, २०७७ सोमबार ८:३४,

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि हुन्डाई एक्सचेन्ज कार्यक्रम देशभर सुरु गरेको छ।

कम्पनीले आजदेखि आगामी फागुन २ गते आइतबारसम्म कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रमअन्तगृत गाडी साटफेर गर्न सकिनेछ।

यसमा उच्चतम मुल्यांकन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस र १ लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक (सेल्स र मार्केटिङ) रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताए।

उनले भने, ‘यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ। हुन्डाई एक्सचेन्ज नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलव्ध छ।’

ग्राहकको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने यो कम्पनीले अहिले पनि कार्यक्रमलाई निरन्तरता दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad