ad ad

कारोबार


जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:४१,

नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा उपलब्ध गराइएको छ। सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो।

सीजीले हालै आफ्ना सबै ग्राहहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युुतमा पनि वचत गराउनु हो।

अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउँछ। तर सीजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विद्युतमा वचत पनि गर्नेछन्।

सीजी ब्राण्डका इन्भटर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध छन्। सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन्।

सीजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ। जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन्। यी एसीहरु ०.७५ टन देखि ३.० टनसम्म उपलब्ध भएकोले तपाईहरुले छानि छानि आफ्नो आवश्यकता अनुरुप लिन सकिनेछ।

सीजीका एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .