ad ad

अटो


पोखरामा खुल्यो सोनालिका ट्रयाक्टरको शोरुम

पोखरामा खुल्यो सोनालिका ट्रयाक्टरको शोरुम

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ९:२७,

पोखरामा सोनालिका ट्याक्टरको शोरुम सञ्चालनमा आएको छ।

सोनालिकाको आधिकारिक बिक्रेता टीटी इन्टरनेशनल प्रालिले पोखरा नयाँ बजारमा शोरुम सञ्चालनमा ल्याएको हो।

इन्टरनेशनल ट्रयाक्टर्स लिमिटेडले सोनालिका ट्रयाक्टर उत्पादन गर्दै आएको छ। टीटी इन्टरनेशनलका कार्यकारी अध्यक्ष डिल्लीराज सुवेदीले पोखराबाट सोनालिका ब्राण्डका विभिन्न मोडेलका ट्रयाक्टरहरुको औपचारिक रुपमा बिक्री वितरण सुरु भएको बताए।

सोनालिका ब्राण्डमा २२ हर्ष पावरदेखि ७५ हर्षपावरका टुडब्लुडी र फोर डब्लुडीका ट्रयाक्टरहरु उपलब्ध छन्। यसको मूल्य आठ लाखदेखि २४ लाख ७० हजारसम्म रहेको सुबेदीले जानकारी दिए।

कम्पनीले आधुनिक सर्भिस सेन्टर तथा सम्पूर्ण स्पेयर पार्ट्स उपलब्ध रहेको बताएको छ। शुभारम्भ भएकै दिन ६ वटा ट्रयाक्टर बिक्री गरेको कम्पनीले नेपालमा सबैभन्दा बढी बिक्री हुँदै आइरहेको सोनालिका ट्रयाक्टरलाई गण्डकी तथा धौलागिरिमा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .