ad ad

अटो


किया सोनेटको नेपालमा बिक्रीवितरण सुरु, पहिलो चरणमा प्रि–बुकिङलाई डेलिभरी

किया सोनेटको नेपालमा बिक्रीवितरण सुरु, पहिलो चरणमा प्रि–बुकिङलाई डेलिभरी

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ९:४४,

दसैँअघि नै बुकिङ खुलिसकेको किया सोनेट शुक्रबारबाट बिक्री तथा वितरण सुरु भएको छ।

कम्पनीले पहिलो चरणमा प्रि–बुकिङ भएका गाडीलाई डेलिभरी गर्न सुरु गरेको बताएको छ।

नेपालमा किया मोटर्सका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले दसैँअघि नै सार्वजनिक गर्ने लक्ष्य राखे पनि विभिन्न कारण गाडी नेपाल ल्याउन नसकेको जनाएको छ।

कम्पनीले सबकम्प्याक्ट एसयूभी सोनेटले युवाहरुमा आकर्षित युवाहरुको मन जित्न सफल हुने विश्वास गरेको छ।

‘हामीले प्रि–बुकिङ गरेका सबै भेरियन्टका गाडी ल्याइसकेका छौँ’, कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने, ‘आज (शुक्रबार)बाट बुकिङ भएका गाडीको डेलिभरी सुरु गरेका छौँ।’

कियाको गाडी मनपर्ने ग्राहकले आफ्नो नजिकैको शोरुममा गएर टेस्ट ड्राइभ गर्नसक्ने जानकारी दिएको छ।

कियाको सोनेटको एचटी भेरियन्टको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी एचटीएक्सको ४७ लाख ९० हजार, एचटीके प्लस ४९ लाख ९० हजार र बढी सुविधा सहितको जीटीएक्सप्लस भेरियन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ।

सोनेट भारतमा कियाद्वारा निर्मित कार हो। यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो। किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार भएको कम्पनीले जनाएको छ।

किया सोनेट पेट्रोल र डिजेल इन्जिन दुबैमा उपलब्ध रहेको छर्। कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चाज्र्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा रहेको बताएको छ ।
आकर्षक लुक रहेको गाडीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेसन डिस्प्लेलगायतका फिचर छन्।

किया सोनेट कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा रहेको छ। यसलाई विशिष्ट स्पोर्टो भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .