ad ad

अटो


किया सोनेटको नेपालमा राम्रो बुकिङ, कहिले हुन्छ सार्वजनिक?

किया सोनेटको नेपालमा राम्रो बुकिङ, कहिले हुन्छ सार्वजनिक?

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ९:३१,

दसैँअघि नै बुकिङ खुलिसकेको किया सोनेट केही समयपछि नेपालमा सार्वजनिक हुँदै छ। नेपालमा किया मोटर्सका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सार्वजनिक गर्न लागेको हो।

कम्पनीले दसैँअघि नै सार्वजनिक गर्ने लक्ष्य राखेपनि विभिन्न कारण गाडी नेपाल ल्याउन नसकिएको बताएको छ। युवाहरुमा आकर्षित किया सोनेट तिहारअघि नै नेपालमा सार्वजनिक गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ।

‘तिहारलाई लक्षित गर्दै सार्वजनिक गर्ने हाम्रो लक्ष्य हो,’ कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने ‘तर कहिले सार्वजनिक कहिले हुने अझै मिति तय हुन सकेको छैन।’

कम्पनीले अझै गाडी नेपालका लागि हिड्न नसकेकाले नेपालमा सर्वाजनिक गर्ने मिति तय गर्न नसकिएको जनाएको छ।

कियाले नेपालमा दसैंअघि नै बुकिङ खुल्ला गरिसकेको थियो।

‘हामीले दसैंअघि नै मूल्य सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेका थियौं। कोभिडको अवस्थामा पनि राम्रो बुकिङ भएको छ। हामी सन्तुष्ट छौं,’ लामिछानेले भने।

उनले अहिले नेपालमा २÷३ वटा ब्राण्डले मात्रै राम्रो कारोबार गर्न सफल भएकोमा त्यसमा किया ब्राण्ड अगाडि रहेको बताएका छन्।

कियाको सोनेटको एचटी भेरियन्टको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी एचटीएक्सको ४७ लाख ९० हजार, एचटीके प्लस ४९ लाख ९० हजार र बढी सुविधा सहितको जीटीएक्सप्लस भेरियन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ।

सोनेट भारतमा कियाद्वारा निर्मित कार हो। यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो। नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्दै ग्लोबल प्रिमियर गरेको थियो। किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार भएको कम्पनीले जनाएको छ।

सोनेट पेट्रोल र डिजेल इन्जिन दुबैमा उपलब्ध रहेको छ। यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चाज्र्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने बताइएको छ।

उक्त गाडीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेसन डिस्प्लेलगायतका फिचर छन्।

किया सोनेट कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा रहेको छ। सोनेटका साथ कम्प्याक्ट एसयुभीमा पाइने एउटा सशक्त र मजबुत विशेषता दिने कम्पनीले दाबी गरेको छ। कम्पनीले यसलाई विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेको बताएको छ।

‘नयाँ किया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषतासहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं,’कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .