कला


बलिउडकी यी अभिनेत्री जसले गरिन् ७ पटक कोरोना परीक्षण

बलिउडकी यी अभिनेत्री जसले गरिन् ७ पटक कोरोना परीक्षण

नेपालखबर
असोज २७, २०७७ मंगलबार १३:१६,

बलिउड अभिनेत्री मौनी रायले कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै अहिलेसम्म ७ पटक कोरोना परीक्षण गरेको बताएकी छन्।

उनले पछिल्लो ६ महिनामा आफूले ७ पटक कोरोना परीक्षण गरेको जानकारी दिइन्। एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेकी छन्, ‘केही असहज र गाह्रो महसुस भयो भने मैले परीक्षण गरिहाल्ने गरेकी छु, यो आवश्यक पनि छ।’

हाल माल्दिभ्समा रहेकी अभिनेत्री राय यो महामारीकै बीचमा विभिन्न देशमा घुमेकी थिइन्। लकडाउनकै बीचमा उनले युके, यूएई र माल्दिभ्स घुमेकी थिइन्। उनले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि समुन्द्रको किनारमा बिनामाक्स घुम्न पाइने समेत जानकारी दिएकी छन्।

मुम्बई मिररसँगको कुराकानीमा मौनीले यो समय आफू बहिनीसँगै रहेको र चित्रकला सिकेको बताइन्। उनले आफू भान्सामा पस्न मन नपराउने भए पनि लकडाउनमा भने केही परिकार बनाएर आमालाई खुवाएको बताएकी छन्।

उनले हालै माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad