सवारीसाधनमा नयाँ–नयाँ सफ्टवेयरको प्रयोग बढ्दै गएको छ। गाडीमा ‘अटोमेटिक’ प्रविधिको प्रयोगसँगै सफ्टवेयरमा लगानी पनि बढेको हो।
हालैको एक अध्ययनका अनुसार २०२५ सम्म अटोमेटिभ सफ्टवेयरको मार्केट करिब २२ खर्ब बढी हुने देखाएको छ। सन् २०१८ सम्म अटोमोटिभ सफ्टवेयरको बजार १० खर्ब हाराहारी रहेको देखिएको छ। २०१९ देखि २०२५ सम्म १० प्रतिशत बढीको वृद्धिदर हुने रिपोर्टले देखाएको छ।
सवारीसाधनमा एडार र इन्फोटेन्मेन्टजस्ता प्रविधिको अत्यधिक प्रयोग बढेसँगै सफ्टवेयरको बजार पनि बढेको छ। एड्भान्स प्रविधिको प्रयोगले ड्राइभिङलाई सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।
अटोमोटिभ सफ्टवेयरको लगानीले ड्राइभर, डिलर, सर्भिस स्टेसन, बीमा कम्पनीहरुलाई एकै समयमा एक अर्कोसँग जोड्न मद्दत गर्छ। सरकारलाई नियमनमा समेत सफ्टवेयरले सहयोग गर्छ।
गाडीमा आईटी सेन्सर र इन्टरनेटको प्रयोगले सडकको अवरोध, सवारी ठोक्किनबाट ड्राइभरलाई सचेत गराएर वा स्वतः ब्रेक लगाएर सुरक्षित दूरी राख्न मद्दत गर्ने विश्वास गरिएको छ।
रिपोर्टका अनुसार एड्भान्स प्रविधि भेहिकल टु भेहिकल (भीटुभी) र भेहिकल टु इन्फ्रास्ट्रक्चर (भीटुआई)मा बढी लगानी भइरहेको छ। भीटुभी प्रविधिले वायरलेसको रुपमा वरपरको सवारीको गति र स्थितिको बारेमा जानकारी आदानप्रदान गरी दुर्घटनाबाट बच्न, ट्राफिक जाम सजिलो पार्न सकिन्छ।
भीटुआई प्रविधिले राजमार्गको अवस्था तथा प्रणाली, लेन, स्ट्रिडलाइट, पार्किङलगायतको बारेमा जानकारी लिन सकिन्छ।
प्रतिक्रिया