ad ad

अटो


सुजुकीको ‘स्मार्ट सेभेन डे’ अफर : २५ प्रतिशत डाउनपेमेन्ट, सहज फाइनान्सिङ

सुजुकीको ‘स्मार्ट सेभेन डे’ अफर : २५ प्रतिशत डाउनपेमेन्ट, सहज फाइनान्सिङ

नेपालखबर
साउन २६, २०७७ सोमबार ६:४६,

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आजदेखि सुरु हुने गरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ।

यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ। बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन्। यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्।

कम्पनीले मात्र २५ प्रतिशतको डाउनपेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ। सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याजदरमा फाइनान्सिङको समेत घोषणा गरेको छ।

यो योजना ३२ साउनसम्म यानि ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .