अटो


लकडाउन खुकुलोसँगै चार पांग्रे सवारीसाधन कम्पनीका यस्ता अफर

लकडाउन खुकुलोसँगै चार पांग्रे सवारीसाधन कम्पनीका यस्ता अफर

नेपालखबर
असार ५, २०७७ शुक्रबार ८:३६,

लकडाउन खुकुलो भएपछि दुई पांग्रेसँगै चारपांग्रे सवारीसाधनले पनि विभिन्न अफर ल्याएका छन्। चैत ११ देखि व्यापार ठप्प भएका अटो व्यवसायीले विभिन्न अफरमार्फत प्रतिस्पर्धा बढाएका हुन्।

टाटा मोटर्स, फक्सवागन, निशान, ड्याट्सनलगायतका कम्पनीले आकर्षक अफर ल्याएका छन्।

दुईपांग्रे सवारीमा त झन् नेपालमा बढी बजार हिस्सा भएका सबै कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टदेखि भारी नगद छुटसमेतका अफर सार्वजनिक गरेका छन्।

अटो व्यवसायीहरुले कोभिड १९ले सामाजिक दूरी कायम गर्दै हिँड्नुपर्ने अवस्था र लामे समय ठप्प व्यापारलाई चलायमान बनाउन आकर्षक अफर ल्याएको बताएका छन्।

विश्व प्रसिद्ध जर्मन सवारीसाधन ब्राण्ड फक्सवागनले मासिक १० हजार किस्तामा नयाँ कार दिने अफर ल्याएको छ। फक्सवागनले आफ्नो चर्चित ह्याचव्याक कार पोलोमा उक्त अफर ल्याएको हो।

नेपाली बजारमा आधिकारिक वितरक पूजा इन्टरनेशनलले बिक्री गर्दै आएको पोलोको मूल्य २९ लाख ४५ हजार रुपैयाँ छ।

कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसेसरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु समेत ल्याएको छ।

कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिने जनाएको छ।

ड्याट्सन तथा निशानको लागि आधिकारीक वितरक पायोनियर मोटोकर्पले विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीले ड्याट्सनका गाडी किन्नेलाई ६ महिनापछि मात्रै किस्ता तिर्ने गरी नयाँ योजना ल्याएको छ।

ड्याट्सनको रेडी गोमा कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट प्रदान गरेको छ । कम्पनीले बेच्दै आएको यस गाडीको मूल्य अब १९ लाख २४ हजारमै पाइने भएको छ।

ग्राहकले ५० प्रतिशत डाउनपेमेन्टमा उक्त गाडी खरिद गर्न सक्नेछन्। कम्पनीले एक वर्षको बीमा शुल्क तिरिदिने समेत घोषणा गरेको छ। यसका अलावा कम्पनीले एक वर्षको सडक दस्तुर, केही एसेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ अफर गरेको छ।

त्यस्तै कम्पनीले निशान गाडीका ग्राहकको लागि ‘बाइ नाउ पे लेटर’ योजना ल्याएको छ। निशान गाडी खरिद गर्दा ६ महिनासम्मको ईएमआई र ब्याज कम्पनीले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ।

निशानका सबै गाडीहरु ३० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध हुने बताइएको छ।

टाटा मोटर्सले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत छुट दिने
यसैबीच, टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोरोना महामारीको यो समयमा फ्रन्ट लाइनमा काम गरिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई अहिले चलिआएको योजनाभन्दा ५० हजार छुट दिने योजना ल्याएको छ।

टाटा मोटर्सले सबै ग्राहकका लागि प्यासेन्जर भेहिकल अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था समेत गरेको छ। अनलाइन सेवा सुरु गर्दै टाटा मोटर्सले कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिनसकिने व्यवस्था गरेको छ।
गाडी बुकिङको लागि फोनपे वा इसेवा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।

अनलाइन पोर्टलमा अनलाइन बुकिङ्ग, क्याटलगहरूसहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्यांकन, ऋण मूल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad