राजनीति


नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो अन्तर्क्रिया सुरु

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो अन्तर्क्रिया सुरु

नेपालखबर
असार ५, २०७७ शुक्रबार ८:३८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भिडियो छलफल सुरु भएको छ।

शुक्रबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र सीपीसीका नेता भिडियो छलफल जुटेको हुन्।

 नेकपाको स्कुल विभाग र सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा भएको हो।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्कुल विभागका उपप्रमुख बेदुराम भुसाल लगायतका सयभन्दा बढी नेता सहभागी छन् भने चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी छन्।

अध्यक्ष प्रचण्ड लगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट सो छलफलमा जोडिएका छन्।

त्यस्तै नेकपाका सातै प्रदेशमा रहेका नेताहरु जुममार्फत उक्त भिडियो छलफलमा जुटेको स्कुल विभाग उपप्रमुख वेदुराम भुसालले जनाकारी दिए।

उपप्रमुख भुसालका अनुसार कोरोना महामारीले निम्त्याएको संकटका बारेमा छलफल हुनेछ। 

नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै अन्तरक्रिया राखिएको बताए।

‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा यो भर्चुअल मिटिङ राखिखएको हो’, भुसालले नेपालखबरसँग भने।

चिनियाँ कम्युनिष्ट पार्टीको पहलमा सत्तारुढ नेकपाका नेताहरू यसरी अन्तरक्रियामा जुटन लागेको यो दोस्रो पटक हो। करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो।

त्यही बेला नेकपा र चिकपाको विदेश विभागबीच आदानप्रदान र अन्तरक्रियाका योजनाहरू समेटिएको ६ बुँदे सम्झौता पनि भएको थियो। सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना थियो, जुन कोरोना महामारकिा कारण सम्भव भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad