ad ad

अटो


एमजी मोटर्स इन्डियाले कोरोनाविरुद्ध २ करोड भारु सहयोग गर्ने

एमजी मोटर्स इन्डियाले कोरोनाविरुद्ध २ करोड भारु सहयोग गर्ने

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:४९,

एमजी मोटर्स इन्डिया २ करोड भारतीय रुपैयाँ कोरोनाविरुद्ध रोकथामको लागि सहयोग गर्ने भएको छ। यो भारतका लागि हो।

कम्पनीले १ करोड सरकारी हस्पिटल, स्वास्थ्य संस्थामा सहयोग गर्ने बताएको छ। त्यस्तै एमजी मोटर्सका कर्मचारीले पनि कोरोनाविरुद्ध लड्न १ करोड सहयोग गर्नेछन्।

समाजका विपन्न वर्गहरूसहित चिकित्सा कर्मचारी र स्वास्थ्यकर्मीहरूको भलाइको सुनिश्चित गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

सहयोगमा पन्जा, मास्क, भेन्टिलेटर, औषधि र हस्पिटलमा आवश्यक शय्यालगायतका सामग्री उपलब्ध गराउने बताएको छ।

त्यस्तै कम्पनीले ‘डिस्इन्फेक्टेड डेलिभर’को घोषणा गरेको छ । कोरोनाको संक्रमणबाट बच्नको लागि सुरक्षितरुपमा घरमै डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .